एकीकृत सेवा कार्यालय लमजुङद्दारा तीन उद्दमीलाई सम्मान

मर्स्याङदी समाचार, ९ मंसिर
लमजुङमा उद्यमशीलता विकास र स्थानीय उत्पादनको प्रवद्र्धनमा योगदान पु¥याउने तीन जना उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसको अवसर पारेर एकीकृत सेवा कार्यालय लमजुङले जिल्लाका तीन उद्यमीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा दोर्दी गाउँपालिका–४ मा प्राथन ढाका उद्योग सञ्चालन गर्दै आउनुभएकी केशकुमारी गुरुङ, क्व्होलासोथार गाउँपालिका–३ का आदि मौरीपालन तथा अलैँची नगदी फर्मका सञ्चालक दिलेश्वर गुरुङ र मध्यनेपाल नगरपालिका–४ मा मध्यविन्दु दिदीबहिनी सिलाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आउनुभएकी मानकुमारी अचाजु रहनुभएको छ । हाँहरुलाई नगद तीन हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण लामिछानेले स्थानीय स्रोत, साधन र सीपको प्रयोग गरी सञ्चालन गरिएका उद्यमले जिल्लाको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा टेवा पु¥याउने बताउनुभयो । उहाँले उद्यमीलाई सम्मान र प्रोत्साहन गर्दा युवापुस्तामा समेत स्वरोजगार तथा उद्यमशीलताप्रति रुचि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठ र एकीकृत सेवा कार्यालयका प्राविधिक सहायक भानुभक्त थापा मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संघका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव विपिन श्रेष्ठले गर्नुभएको थियो ।

पुस ८ देखि तेस्रो मर्स्याङ्दी महोत्सव, २० हजार दर्शक भित्र्याउने लक्ष्य
मर्स्याङदी समाचार, ६ मंसिर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना हुने भएको छ । आगामी पुस ८ गतेदेखि

सुन्दरबजार बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, ५ मंसिर सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको

लमजुङका व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी अभिमुखीकरण
मर्स्याङदी समाचार, ५ मंसिर लमजुङका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र दायित्वबारे जानकारी गराउने उद्देश्यले एकदिने






प्रतिकृया दिनुहोस