सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा

मर्स्याङदी समाचार, ९ मङ्सिर
सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी, पत्रकारमाथिको धरपकड तथा गिरफ्तारीको विरोधमा लमजुङका पत्रकारले प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अगुवाइमा बुधबार पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘सामूहिक गिरफ्तारी गर’ भन्दै सार्वजनिक आह्वानसमेत गरेका थिए ।
मिडिया हाउसको प्रवेशद्वारमा सवारीसाधन तेस्र्याएर अवरोध गर्ने, सञ्चारमाध्यममा धरपकड गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने, लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने तथा श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्यको विरोधमा प्रदर्शन गरिएको महासंघले जनाएको छ ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दी अन्त्य गर्न तथा पत्रकारमाथिको धरपकड र गिरफ्तारी रोक्न माग गरेका छन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले पत्रकारका लागि आन्दोलन रहर नभई बाध्यता भएको बताउनुभयो ।
समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने, सञ्चारमाध्यमको प्रवेशद्वारमा सवारीसाधन तेस्र्याएर अवरोध गर्ने, लोककल्याणकारी विज्ञापनको रकम घटाउने तथा सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउने कार्य निन्दनीय रहेको उहाँले बताउनुभयो ।
पत्रकार सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक भए पनि सरकारले त्यसका लागि अनुकूल वातावरण निर्माण नगरेको केसीको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य जनक श्रेष्ठले सरकारको कार्यशैली पत्रकार तथा सञ्चारमाध्यममैत्री नभएको बताउँदै प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष बसन्ता भट्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव कृष्णबहादुर आलेले गर्नुभएको थियो ।

एकीकृत सेवा कार्यालय लमजुङद्दारा तीन उद्दमीलाई सम्मान
मर्स्याङदी समाचार, ९ मंसिर लमजुङमा उद्यमशीलता विकास र स्थानीय उत्पादनको प्रवद्र्धनमा योगदान पु¥याउने तीन जना उद्यमी सम्मानित भएका छन् । १२औँ

पुस ८ देखि तेस्रो मर्स्याङ्दी महोत्सव, २० हजार दर्शक भित्र्याउने लक्ष्य
मर्स्याङदी समाचार, ६ मंसिर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना हुने भएको छ । आगामी पुस ८ गतेदेखि

सुन्दरबजार बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, ५ मंसिर सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको






प्रतिकृया दिनुहोस