Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

राजनीतिक संवाद र आपसी सद्भावलाई सुदृढ बनाउदै एमाले र नेकपा

SITENAME

मर्स्याङदी समाचार, ११ मंसिर
आपसी सद्भाव, सौहार्दता, सहकार्य र राजनीतिक संवादलाई थप सुदृढ बनाउने उद्देश्यले नेकपा (एमाले) मस्र्याङ्दी गाउँपालिका कमिटी र नेकपाका पालिका कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुबीच चियापान तथा भेटघाट कार्यक्रम भएको छ ।


नेकपा (एमाले) मस्र्याङ्दी गाउँपालिका कमिटीका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रम नेकपा (एमाले) केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलेले आपसी सद्भाव, सहकार्य र संवादले राजनीतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुबीच आपसी समझदारी र सहकार्यको वातावरण निर्माण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य होमबहादुर विकले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) मस्र्याङ्दी गाउँपालिका कमिटीका उपाध्यक्ष नारायण तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कृष्णप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नकपा एमाले जिल्ला उपाध्यक्ष जित बहादुर गुरुङ, जिल्ला सचिवालय सदस्य एवं मर्स्याङदी गाँउपालिका अध्यक्ष अर्जुन गुरुङ, युवा नेता तथा अनेरास्ववियु जिल्ला अध्यक्ष प्रदिप गुरुङ लगायतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

नगरकपमा अग्रजसँगै चम्किए U-13 का दुई खेलाडी

खुशी माया गुरुङ, ११ मङ्सिर  बेसीशहर नगरकप फुटबल प्रतियोगितामा १३ वर्षमुनिका (U-13) दुई खेलाडीले सहभागिता जनाएपछि स्थानीय फुटबलको नयाँ पुस्ताप्रति आशा

SITENAME

सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा

मर्स्याङदी समाचार, ९ मङ्सिर  सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी,

SITENAME

एकीकृत सेवा कार्यालय लमजुङद्दारा तीन उद्दमीलाई सम्मान

 मर्स्याङदी समाचार, ९ मंसिर  लमजुङमा उद्यमशीलता विकास र स्थानीय उत्पादनको प्रवद्र्धनमा योगदान पु¥याउने तीन जना उद्यमी सम्मानित भएका छन् । १२औँ

↑