Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

नगरकपमा अग्रजसँगै चम्किए U-13 का दुई खेलाडी

SITENAME

खुशी माया गुरुङ, ११ मङ्सिर 

बेसीशहर नगरकप फुटबल प्रतियोगितामा १३ वर्षमुनिका (U-13) दुई खेलाडीले सहभागिता जनाएपछि स्थानीय फुटबलको नयाँ पुस्ताप्रति आशा जगाएको छ । उमेरले सानै भए पनि खेलप्रतिको रुचि र उत्साहका साथ इशान बानियाँ र कपिल गुरुङ नगरकपको मैदानमा उत्रिएका हुन् । 

 

इशानले बेसीशहर नगरपालिका–७ बाट र कपिलले वडा नं. ८ बाट प्रतियोगितामा सहभागिता जनाएका हुन् । दुवैका लागि नगरकप पहिलो अनुभव हो । यसअघि उनीहरु विद्यालयस्तरका प्रतियोगिता, जिल्ला तहमा हुने प्याब्सनका खेलकुद प्रतियोगिता, अन्डर–१३ फुटबल प्रतियोगिता तथा फुटसल प्रतियोगितामा सहभागी हुँदै आएका थिए ।

 

नगर खेलकुद विकास समितिका अध्यक्ष तथा प्रशिक्षक सिजन श्रेष्ठका अनुसार उदायमान र अग्रज खेलाडी एउटै मैदानमा उत्रिनु गौरवको विषय हो । यसले नयाँ र पुराना पुस्ताका खेलाडीबीच अनुभव आदानप्रदान गर्ने वातावरणसमेत सिर्जना गरेको उहाँले बताउनुभयो ।

 

नगर खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको प्रशिक्षणमा रहेका दुवै खेलाडीले नगरकपमा आफूमाथिका उमेरका अनुभवी खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर पाए । प्रतियोगितामा सहभागी ११ वटै वडाका खेलाडीमध्ये ४७ वर्ष उमेरसम्मका खेलाडीको सहभागिता रहेको थियो । अनुभवी खेलाडीसँगै दुई बाल खेलाडीको सहभागिताले नगरकपमा पुस्तान्तरणको सम्भावनासमेत देखाएको छ ।

 

राष्ट्रियस्तरको त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना हुँदै आएको बेसीशहर नगरपालिका फुटबलका लागि परिचित छ । नगरभित्रै त्रिवेणी रंगशाला रहे पनि स्थानीय खेलाडीलाई समेटेर बलियो फुटबल टोली निर्माण गर्ने र नियमित रुपमा प्रतिभा उत्पादन गर्ने विषय अझै चुनौतीका रुपमा रहेको त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजंग गुरुङको भनाई छ । 

 

यस्तो अवस्थामा नगरकपमा दुई अन्डर–१३ खेलाडीको सहभागिता स्थानीय फुटबलको भविष्यका लागि सकारात्मक संकेत भएको अध्यक्ष गुरुङले बताउनु भयो । सानै उमेरदेखि ठूला प्रतियोगितामा खेल्ने अवसर पाउँदा बाल खेलाडीले अनुभव, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्छन् ।

 

त्रिवेणी कपजस्तो राष्ट्रियस्तरको प्रतियोगितामार्फत बेसीशहरले खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । त्यसलाई अझ बलियो बनाउन स्थानीयस्तरमै खेलाडी उत्पादन, प्रशिक्षण र प्रोत्साहनमा ध्यान दिन आवश्यक देखिन्छ । स्थानीय तह, जिल्ला तथा नगर खेलकुद समिति र खेलकुदसँग सम्बन्धित सरोकारवालाले बाल तथा युवा खेलाडीलाई नियमित प्रशिक्षण र प्रतियोगिताको अवसर उपलब्ध गराउन सके भविष्यमा बेसीशहरकै खेलाडीले आफ्नै नगरको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना छ । 

 

नगरकपमा देखिएका इशान र कपिलको सहभागिता केवल दुई बाल खेलाडीको प्रतिस्पर्धा मात्र होइन, स्थानीय फुटबलको भविष्य खोज्ने एउटा सम्भावनाको संकेत पनि हो ।

प्रतिकृया दिनुहोस
SITENAME

राजनीतिक संवाद र आपसी सद्भावलाई सुदृढ बनाउदै एमाले र नेकपा

मर्स्याङदी समाचार, ११ मंसिर आपसी सद्भाव, सौहार्दता, सहकार्य र राजनीतिक संवादलाई थप सुदृढ बनाउने उद्देश्यले नेकपा (एमाले) मस्र्याङ्दी गाउँपालिका

SITENAME

सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा

मर्स्याङदी समाचार, ९ मङ्सिर  सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी,

SITENAME

एकीकृत सेवा कार्यालय लमजुङद्दारा तीन उद्दमीलाई सम्मान

 मर्स्याङदी समाचार, ९ मंसिर  लमजुङमा उद्यमशीलता विकास र स्थानीय उत्पादनको प्रवद्र्धनमा योगदान पु¥याउने तीन जना उद्यमी सम्मानित भएका छन् । १२औँ

↑