नगरकपमा दुई U-13 खेलाडीलाई प्रोत्साहन पुरस्कारसहित सम्मानित

मर्स्याङदी समाचार, १२ मंसिर
बेसीशहर नगरकप फुटबल प्रतियोगितामा सहभागी दुई यू–१३ खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको छ । बेसीशहर नगरपालिका–७ का इशान बानियाँ र वडा नं. ८ का कपिल गुरुङलाई प्रतियोगिताको फाइनल खेलअघि सम्मान गरिएको हो । सानै उमेरमा अनुभवी खेलाडीसँगै मैदानमा उत्रिएर आफ्नो खेल कौशल प्रदर्शन गरेका दुवै खेलाडीलाई बेसीशहर नगरप्रमुख गुमानसिंह अर्याल र उपप्रमुख पदमा गुरुङले सम्मानपत्र सहित फुटबल प्रदान गर्नुभयो ।
सोही अवसरमा बाल खेलाडीलाई थप प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय व्यवसायीले खेल सामग्री सहयोग गर्ने घोषणा गरेका छन् । बेसीशहर नगरपालिका–७ स्थित न्यु त्रिवेणी मोबाइल पसलका सञ्चालक दीपक शाहीले दुवै खेलाडीलाई फुटबल बुट तथा सोही स्थानमा रहेको सुरेश फेन्सीका सञ्चालक सुरेश श्रेष्ठले जर्सी र फुटबल बुट प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
बाल खेलाडीको प्रतिभा पहिचान, हौसला अभिवृद्धि तथा फुटबल खेलप्रति आकर्षण बढाउँदै उनीहरुलाई भविष्यमा यस क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले प्रोत्साहन पुरस्कार प्रदान गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ ।बाल्यकालदेखि नै खेल क्षेत्रमा देखाएको रुचि र प्रतिभालाई प्रोत्साहन गर्न नगरपालिकासँगै स्थानीय व्यवसायीसमेत जोडिनुले खेलाडीलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।

नगरकपमा अग्रजसँगै चम्किए U-13 का दुई खेलाडी
खुशी माया गुरुङ, ११ मङ्सिर बेसीशहर नगरकप फुटबल प्रतियोगितामा १३ वर्षमुनिका (U-13) दुई खेलाडीले सहभागिता जनाएपछि स्थानीय फुटबलको नयाँ पुस्ताप्रति आशा

राजनीतिक संवाद र आपसी सद्भावलाई सुदृढ बनाउदै एमाले र नेकपा
मर्स्याङदी समाचार, ११ मंसिर आपसी सद्भाव, सौहार्दता, सहकार्य र राजनीतिक संवादलाई थप सुदृढ बनाउने उद्देश्यले नेकपा (एमाले) मस्र्याङ्दी गाउँपालिका

सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा
मर्स्याङदी समाचार, ९ मङ्सिर सामूहिक गिरफ्तारीको माग गर्दै लमजुङका पत्रकार प्रशासनमा सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी,





प्रतिकृया दिनुहोस