जनकल्याण साकोसद्धारा स्थापना दिवसको अवसरमा आर्थिक तथा खाद्यान्न सहयोग

मस्र्याङदी समाचार, बैशाख २०
सदरमुकाम वेसीशरहमा रहेर वित्तिय कारोवार सञ्चालन गर्दै आएको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाले समाजिक सस्थालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
साकोसको १४ औँ स्थापना दिवसको अवसरमा वेसीशहर ७ हाईस्कुल चोकमा रहेको मानव सेवा आश्रम र चण्डीडाँडाको ह्युल्य ह्यो गुम्वामा आर्थिक र खाद्यान्न सहयोग गरेको हो । साकोसले शनिवार आश्रममा चार वोरा चामल, चार काटुन चाउचाउ, एक काउन विस्कुट, चार लिटर फिनेल, दाल, चना, फलफुल लगायतका गरी १० हजार मुल्य वरावरको खाद्यान्न सहयोग गरेको साकोसको अध्यक्ष ताराराज घलेले वताउनुभयो । त्यस्तै ह्युल्यसा ह्यो गुम्बामा रहेका भिक्षु विद्यार्थीहरुका लागी नगद सात हजार आर्थिक सहयोग गरिएको अध्यक्ष घलेले वताउनुभयो ।
स्थापना दिवसको अवसरमा संस्थाले सदस्यहरुलाई श्रव्यदृश्यको माध्यमवाट सहकारी शिक्षा दिनका लागी तयार गरिएको सहकारी शिक्षा सम्वन्धि चलचित्र प्रर्दशन गरी स्थापना दिवस मनाउने तयारी गरेता पनि विश्वभर फैलिएको कोरोना भाईरसको महामारिले सिर्जित विषम परिस्थितिका कारण स्थगीत गरिएको साकोसले जनाएको छ ।
विभिन्न समाजिक कार्य गर्दै आएको साकोसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थापित गण्डकी प्रदेश सरकारको कोरोना राहत कोषमा ५० हजार आर्थिक सहयोग गरेको छ भने शेयर सदस्यहरुलाई ऋणको व्याजसँगै अन्य सेवामा छुट दिएको छ । साकोसले लकडाउनको समयमा पनि हप्तामा आइतवार र वुधवार दिनको ११ वजेवाट २ वजेवाट वित्तिय सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

बाग्लुङपानी स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर सम्पन्न
मर्स्याङदी समाचार लमजुङको क्व्होलासोथार गाउँपालिका १ स्थित बाग्लुङपानी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । वडा नं. १ महिला

जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकता : अर्याल
म राजनैतिक आस्थाका आधारमा मात्र नगरपालिका चलाउने पक्षमा छैन । नगरप्रमुखको पद सार्वजनिक हो, सार्वजनिक पदमा वस्ने मानिस साझा हुनुपर्दछ । –लमजुङको








प्रतिकृया दिनुहोस