भ्वाइसकी फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृहजिल्ला लमजुङमा
मर्स्याङदी समाचार, २९ माघ ।
चर्चित रियालिटि सो ‘भ्वाइस अफ नेपाल’ की फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृह जिल्ला लमजुङ आएकी छिन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरे, दुराडाँडाकी दुरा अहिले ‘द भ्वाइस अफ नेपाल’ को सातौँ सिजनमा उत्कृष्ट प्रस्तुति दिँदै निर्णायक चरणको उत्कृष्ट चारमा पुगेकी छिन् । टिम मेलिना राईबाट फाइनलिष्ट बनेकी दुरालाई विहिबार बेसीशहरको युनिर्भसल एकेडेमी र भिमसेन स्थानमा सन्जिता दुरा जिताउ अभियान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दुराले साङ्गितिक प्रस्तुती सँगै आफ्नो गायन यात्राको बारेमा जानकारी गराउदै आफूलाई जिताउन भोटको अपिल गरेकी थिइन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको सन्जिता दुरा जिताउ अभियान कार्यक्रममा दुरालाई जिताउन कार्यक्रमस्थलमै विभिन्न व्यक्तिहरुले स्वतःस्फूर्त आर्थिक सहयोग गरेका थिए ।
ब्लाइन्ड अडिसनमा दुरा समुदायकी अग्रज लोकगायिका बिमा कुमारी दुराको चर्चित गीत ‘लमजुङ तुर्लुङकोट’ प्रस्तुत गर्दै चारै जना कोचलाई टर्न गराउन सफल सन्जिताले सुरुदेखि नै दर्शकको मन जितेकी थिइन् । २०५७ सालमा जन्मेकी सन्जिता बुबा सुरेशकुमार दुरा र आमा सूर्य माया दुराकी कान्छी छोरी हुन् । औपचारिक रूपमा संगीत सिक्न थालेको समय छोटो भए पनि सञ्जिताको प्रस्तुति भावनात्मक, मौलिक र आत्मविश्वासले भरिएको छ ।
कार्यक्रममा चर्चित गायिका माया गुरुङले सन्जिता जिताउ अभियानमा सवैले साथ सहयोग गर्न अपिल गर्दै जितको आर्शिवाद सहित शुभकामना प्रदान गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रसान्त तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानका पुर्वअध्यक्ष एवं सञ्चारकर्मी अनुज अधिकारीले गर्नुभएको थियो । सन्जिता दुरालाई शुक्रवार साँझ ९ बजे सम्म भोट गर्न सकिनेछ ।
भ्वाइसको नेपाली इतिहासमा पहिलोपटक सबैभन्दा धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका हुन् । शुक्रबार र शनिबार प्रसारित एपिसोडबाट भ्वाइसले तिन महिला सहित चार फाइनलिस्ट प्राप्त गरेको हो । टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा प्रवेश गरेका छन् ।

भारी वर्षापछि लमजुङमा भएको क्षतिको प्रजिअ खनालद्वारा स्थलगत अनुगमन
मर्स्याङदी समाचार, १२ असोज लमजुङमा असोज ९ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिको प्रमुख जिल्ला खनाल सहितको टोलीले

सुन्दरबजारको पर्यटन प्रवद्र्धन भिजुअल सामाग्रि प्रतिस्पर्धाका उत्कृष्ट तिन जना पुरस्कृत
मर्स्याङदी समाचार, १८ असार सुन्दरबजार नगरपालिकाले आयोजना गरेको “पर्यटन प्रवद्र्धन भिजुअल सामग्री प्रतियोगिता“ को नतिजा सार्वजनिक गरिएको छ

साहित्यकार मिश्रको ‘भजनागोः शिव महिमा’ भजन सार्वजनिक
मर्स्याङदी समाचार, ३ फागुन । सामाजिक कार्य र साहित्य क्षेत्रमा क्रियाशिल लमजुङका लक्ष्मी प्रसाद मिश्रको भजनागोः शिव महिमा सार्वजनिक भएको छ ।





प्रतिकृया दिनुहोस