सुन्दरबजारको पर्यटन प्रवद्र्धन भिजुअल सामाग्रि प्रतिस्पर्धाका उत्कृष्ट तिन जना पुरस्कृत

मर्स्याङदी समाचार, १८ असार
सुन्दरबजार नगरपालिकाले आयोजना गरेको “पर्यटन प्रवद्र्धन भिजुअल सामग्री प्रतियोगिता“ को नतिजा सार्वजनिक गरिएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत नगरभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रारम्भिक मूल्याङ्कन मौलिकता, रचनात्मकता, भिडियोको सन्देश, प्राविधिक पक्ष तथा नगरपालिकाको सामाजिक सञ्जालमार्फत प्राप्त पहुँच, प्रतिक्रिया र सकारात्मक टिप्पणीका आधारमा गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले बताउनुभयो ।
सार्वजनिक नतिजाअनुसार निश्चल ढकाल ७२ दशमलव ३४ अंक प्राप्त गर्दै प्रथम भएका छन् । पुजन ढकाल ६६ दशमलव ६३ अंकसहित द्वितीय तथा शङ्कर बसौला ५० दशमलव १८ अंकसहित तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
उत्कृत तिनै जनालाई बुधवार एक कार्यक्रमका विच नगरप्रमुख कृष्णप्रसाद कोइरालले पुरस्कृत गर्नुभएको हो । प्रथम स्थान हासिल गरेका सुन्दरबजार नगरपालिका ८ निवासी निश्चल ढकाललाई नगद रु. २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी द्धितिय स्थान हासिल गरेका पुजन ढकालले १५ हजार र तृतिय हुन सफल शंकर बसौलाले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

साहित्यकार मिश्रको ‘भजनागोः शिव महिमा’ भजन सार्वजनिक
मर्स्याङदी समाचार, ३ फागुन । सामाजिक कार्य र साहित्य क्षेत्रमा क्रियाशिल लमजुङका लक्ष्मी प्रसाद मिश्रको भजनागोः शिव महिमा सार्वजनिक भएको छ ।
भ्वाइसकी फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृहजिल्ला लमजुङमा
मर्स्याङदी समाचार, २९ माघ । चर्चित रियालिटि सो ‘भ्वाइस अफ नेपाल’ की फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृह जिल्ला लमजुङ आएकी छिन् । लमजुङको

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती
मर्स्याङदी समाचार, १७ कातिक । लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।








प्रतिकृया दिनुहोस