Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सुन्दरबजारको पर्यटन प्रवद्र्धन भिजुअल सामाग्रि प्रतिस्पर्धाका उत्कृष्ट तिन जना पुरस्कृत

SITENAME

मर्स्याङदी समाचार, १८ असार
सुन्दरबजार नगरपालिकाले आयोजना गरेको “पर्यटन प्रवद्र्धन भिजुअल सामग्री प्रतियोगिता“ को नतिजा सार्वजनिक गरिएको छ ।


नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत नगरभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रारम्भिक मूल्याङ्कन मौलिकता, रचनात्मकता, भिडियोको सन्देश, प्राविधिक पक्ष तथा नगरपालिकाको सामाजिक सञ्जालमार्फत प्राप्त पहुँच, प्रतिक्रिया र सकारात्मक टिप्पणीका आधारमा गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले बताउनुभयो । 


सार्वजनिक नतिजाअनुसार निश्चल ढकाल ७२ दशमलव ३४ अंक प्राप्त गर्दै प्रथम भएका छन् । पुजन ढकाल ६६ दशमलव ६३ अंकसहित द्वितीय तथा शङ्कर बसौला ५० दशमलव १८ अंकसहित तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।


उत्कृत तिनै जनालाई बुधवार एक कार्यक्रमका विच नगरप्रमुख कृष्णप्रसाद कोइरालले पुरस्कृत गर्नुभएको हो । प्रथम स्थान हासिल गरेका सुन्दरबजार नगरपालिका ८ निवासी निश्चल ढकाललाई  नगद रु. २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी द्धितिय स्थान हासिल गरेका पुजन ढकालले १५ हजार र तृतिय हुन सफल शंकर बसौलाले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

साहित्यकार मिश्रको ‘भजनागोः शिव महिमा’ भजन सार्वजनिक 

मर्स्याङदी समाचार, ३ फागुन ।  सामाजिक कार्य र साहित्य क्षेत्रमा क्रियाशिल लमजुङका लक्ष्मी प्रसाद मिश्रको भजनागोः शिव महिमा सार्वजनिक भएको छ ।

भ्वाइसकी फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृहजिल्ला लमजुङमा 

मर्स्याङदी समाचार, २९ माघ ।  चर्चित रियालिटि सो ‘भ्वाइस अफ नेपाल’ की फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृह जिल्ला लमजुङ आएकी छिन् ।  लमजुङको

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।