Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बाढीपीडितका लागि युनिभर्सल एकेडेमीको रु ३ लाख ५० हजारभन्दा बढी राहत सहयोग

SITENAME

मर्स्याङदी समाचार, १८ भदौ ।
विपद्मा परेका नागरिकलाई साथ दिने मानवीय अभियानअन्तर्गत युनिभर्सल एकेडेमी, बेँसीसहर, लमजुङले बाढीपीडितका लागि रु ३ लाख ५० हजार ४ सय ६८ राहत सहयोग गरेको छ। 

रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम संकलन गरी प्रदान गरेको हो।

विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालय सञ्चालकहरूको संयुक्त पहलमा संकलित रकम बाढीपीडितको सहयोगार्थ हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। 

विपत्तिको कठिन समयमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै मानवीय सेवाको भावनासहित सहयोग गरिएको विद्यालयको भनाइ छ। 

विद्यालयले शिक्षा प्रदान गर्ने आफ्नो मूल जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि विद्यार्थी तथा समुदायलाई जोड्दै आएको जनाएको छ। विपद्का बेला गरिने सानो सहयोगले पनि पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन सक्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। 

बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै विद्यालयले प्रभावितहरूको शीघ्र राहत, पुनःस्थापना र सामान्य जनजीवनमा फर्किने वातावरण निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको जनाएको छ। 
 

प्रतिकृया दिनुहोस
SITENAME

विपद् राहतका लागि लमजुङका तमु (गुरुङ) समुदायको १४ लाखभन्दा बढी सहयोग

खुशी माया गुरुङ, २६ भदौ  लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत

SITENAME

अस्ट्रेलिया स्थित ब्रिज द ग्याप नेपालले बाढीपीडितका लागि १९ लाख ५० हजार सहयोग

मर्स्याङदी समाचार, २० भदौ ।  अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (बीटीजीएन) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि

SITENAME

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु लमजुङद्वारा रु. २१ हजार १११ सहयोग

मर्स्याङदी समाचार, १८ भदौ ।  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी लमजुङले