घमरचोकमा जुवातास खेल्न रोक, अटेर गरे कानुनी कारबाही

मर्स्याङदी समाचार, २६ असोज
लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकमा मिलिजुली आमा समूहले दसैंतिहारलाई लक्षित गर्दै जुवातास खेल्ने तथा खेलाउने कार्यमा प्रतिबन्ध लगाएको छ ।
चाडपर्वका बेला जुवातासका कारण सामाजिक विकृति, विसंगति तथा झैझगडा बढ्न सक्ने भन्दै समूहले गाउँमा सार्वजनिक स्थानदेखि घरभित्रसम्म जुवातास नखेल्न र नखेलाउन आग्रह गरेको हो । यससम्बन्धी सूचना जारी गर्दै समूहले चाडपर्वलाई सभ्य, मर्यादित र संस्कृतिमैत्री बनाउन गाउँलेलाई अनुरोध गरेको छ ।
मिलिजुली आमा समूहकी अध्यक्ष दरमाया गुरुङका अनुसार जुवातासले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको मनोविज्ञानमा समेत असर पार्न सक्छ । घरभित्रै लुकीछिपी जुवातास खेल्दा बालबालिकामा गलत सन्देश जाने भएकाले यसको नियन्त्रणका लागि पहल गरिएको उहाँले बताउनुभयो । ‘यो हाम्रो सुरुवात हो । अहिले जुवातास खेल्न रोक लगाएका छौँ । अटेर गर्ने वा विवाद गर्न आउने अवस्था भए कानुनी कारबाहीका लागि पनि अघि बढ्न सकिन्छ,’ अध्यक्ष गुरुङले भन्नुभयो ।
समूहले चाडपर्वका अवसरमा आयोजना गरिने सोरठी, मारुनी तथा देउसीभैलोजस्ता मौलिक सांस्कृतिक कार्यक्रमलाई सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न पनि गाउँलेलाई आग्रह गरेको छ । आपसी सद्भाव र एकतालाई कायम राख्दै स्थानीय संस्कार तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जुट्न समूहले सबैलाई अनुरोध गरेको छ । चाडपर्वलाई मनोरञ्जनसँगै सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउने अवसरका रुपमा मनाउन गाउँलेको सहयोग आवश्यक रहेको समूहले जनाएको छ ।

प्रहरी दिवसको पूर्व सन्ध्यामा खुल्ला रक्तदानसहित निशुल्क स्वास्थ्य शिविर
मर्स्याङदी समाचार, २६ असोज । प्रहरी दिवसको अवसरमा लमजुङको भोटेओडारमा खुल्ला रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाका प्रहरी

बेसीशहरमा ५० लाखको लगानीमा ’ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ सञ्चालन
मर्स्याङदी समाचार, २६ असोज । लमजुङ सदरमुकाम बेसीशहरमा अत्याधुनिक सेवा सुविधासहितको ‘ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन’ को आइतबार औपचारिक

मर्स्याङ्दी बेसी समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रोपावरको प्रतिबद्धता
मर्स्याङदी समाचार, २५ असोज । दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना







प्रतिकृया दिनुहोस