जिल्ला स्तरिय बाल सञ्जाल गठन, अध्यक्षमा सुन्दरबजारको अनुपम गौली

मर्स्याङदी समाचार, १४ कार्तिक
लमजुङको बेसीशहरमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सुन्दरबजारका अनुपम गौलीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला बाल सञ्जाल समिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दुधपोखरीकी इमेलता गुरुङ, सचिवमा बेसीशहरकी अपेक्षा अधिकारी र सहसचिवमा मध्यनेपालकी संस्कृति पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनुषा भुजेल, अनुषा परियार, सिरिका सांखी, शेरबहादुर गुरुङ, अनु तामाङ, सुमिना गुरुङ, विप्सन भुजेल र अनु खत्री रहेका छन् ।
बाल सञ्जाल गठन कार्यक्रम एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दिवाकर शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव वाग्लेलगायत स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाल सञ्जाल गठनसम्बन्धी मापदण्ड तथा विषयगत एजेन्डाबारे एकीकृत सेवा कार्यालयका भानुभक्त थापा मगरले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण अल्पकालीन आश्रय सेवा केन्द्रकी प्रमुख सिर्जना पौडेलले गरेकी थिइन् । नवगठित जिल्ला स्तरीय बाल सञ्जालले बालबालिकाको हक, अधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि तथा बालबालिकाका सवाललाई सम्बन्धित निकायसम्म पु¥याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लमजुङमा राष्ट्रिय परिचयपत्र सेवा अब एकै ठाउँबाट
मर्स्याङदी समाचार, १७ कार्तिक जिल्ला प्रशासन कार्यालय लमजुङले राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले

सशस्त्र प्रहरी बल लमजुङले मनायो आठौँ स्थापना दिवस
मर्स्याङदी समाचार, १६ कार्तिक सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङले आफ्नो आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सोमबार

खुदीमा ठूली एकादशी मेला, खेलकुद र सांस्कृतिक कार्यक्रमको तयारी
मर्स्याङदी समाचार, १६ कार्तिक लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठूली एकादशी मेलाको अवसरमा खेलकुद, सांस्कृतिक, धार्मिक तथा कृषि



.jpeg)




प्रतिकृया दिनुहोस