मसिरको दोश्रो साता दोश्रो भोटेओडार कप फुटवल प्रतियोगिता हुने
.jpeg)
मर्स्याङदी समाचार, १५ कार्तिक
लमजुङको सुन्दरवजार नगरपालिका–९, भोटेओडारमा दोश्रो भोटेओडार कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । स्थानिय बुद्ध युवाक्लवले आगामी मसिरको १८ गतेदेखि दोश्रो भोटेओडार कप खुल्ला फुटवल प्रतियोगिता गर्ने भएको हो ।
क्लवले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । खेलको माध्यामबाट स्थानिय खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न समुदायमा रहेका युवाहरुमा आपसी सद्भाव बढाउन फुटवल प्रतियोगिता आयोजना गरीएको क्लवका अध्यक्ष योगबहादुर गुरुङ कालुले बताउनुभयो ।
भोटेओडारस्थित डिडिसी मैदानमा हुने सो प्रतियोगितामा लमजुङ सहित गोरखा, तनहुँ र कास्कीबाट समेत खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद तीनलाख रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले नगद एकलाख ५० हजार रुपैयाको साथमा मेडल र प्रमाण पत्र पाउनेछन् । सो बाहेक सेमी फाईनल पुग्ने दुई टिमलाई प्रतिटिम २५ हजार रुपैया उपलब्ध गराईने पनि आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी नगद १५ हजार, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पनि जनहि नगद १० हजार पुरस्कारको साथमा मेडल र प्रमाण पत्र रहेको क्लवले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत घोषणा गरीने क्लवले जनाएको छ ।
सेभेन ए साईड फुटवल प्रतियोगिता भएकोले खेलमा सातजना खेलाडी र थप पाँच जना हुनेछन् । क्लवले दर्ता शुल्क १० हजार कायम गरेको छ भने बाहिरी जिल्लाबाट भौगोलिक रुपमा टाडाबाट आउने टिमलाई दर्ता शुल्क नलिने पनि जनाएको छ ।
क्लवले प्रतियोगितालाई सभ्यरुपमा सम्पन्न गर्न स्वदेश तथा विदेशबाट सहयोग संकलन अभियान शुरु गरेको छ भने आन्तरिक तयारी समेत शुरु गरीसकेको जनाएको छ । आथिक व्यवस्थापनकै लागि क्लवले गत वर्षनै विभिन्न देशमा रहेका पूर्व खेलाडी र क्लव शुभेच्छुकहरुलाई समेटी इन्टरनेशनल बुद्ध युथ क्लव समेत गठन गरेको थियो । विभिन्न समयमा फुटवल प्रतियोगिता आयोजना गरेको क्लवले गत वर्षदेखि प्रतियोगितालाई थप व्यवस्थीत बनाउदै आएको छ । जिल्लाकै नमुना र आकर्षक प्रतियोगिताको रुपमा पहिचान बनाउने क्लवको लक्ष्य रहेको छ ।
क्लवका अध्यक्ष योगबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्लवका पूर्व अध्यक्ष जिवन गुरुङ लगायत क्लवका पदाधिकारी, सदस्य एवं जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पत्रकार भेटघाटकै अवसर पारी क्लवले बडा दशै, तिहार, छठ, नेपाल संवत लगायतको शुभकामना आदनप्रदान कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न स्थानिय तह जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, शुभेच्छुक लगायतको सहभागिता रहेको थियो ।

लमजुङमा राष्ट्रिय परिचयपत्र सेवा अब एकै ठाउँबाट
मर्स्याङदी समाचार, १७ कार्तिक जिल्ला प्रशासन कार्यालय लमजुङले राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले

सशस्त्र प्रहरी बल लमजुङले मनायो आठौँ स्थापना दिवस
मर्स्याङदी समाचार, १६ कार्तिक सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङले आफ्नो आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सोमबार

खुदीमा ठूली एकादशी मेला, खेलकुद र सांस्कृतिक कार्यक्रमको तयारी
मर्स्याङदी समाचार, १६ कार्तिक लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठूली एकादशी मेलाको अवसरमा खेलकुद, सांस्कृतिक, धार्मिक तथा कृषि



.jpeg)




प्रतिकृया दिनुहोस