Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सशस्त्र प्रहरी बल लमजुङले मनायो आठौँ स्थापना दिवस 

SITENAME

मर्स्याङदी समाचार, १६ कार्तिक
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङले आफ्नो आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सोमबार बेसीशहरस्थित रानीकुवामा आयोजित स्थापना दिवस कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल गण्डकी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविण कँडेलको प्रमुख आतिथ्यतामा भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कँडेलले राष्ट्र र नागरिकको सुरक्षाका लागि कर्तव्यपालनका क्रममा जीवन उत्सर्ग गर्ने सुरक्षाकर्मीको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले नागरिकको सुरक्षा, विपद् व्यवस्थापन तथा अन्य जिम्मेवारीमा कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै नागरिकको सेवामा सदैव तत्पर रहन निर्देशनसमेत दिनुभयो ।


कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सुरक्षा निकायले नागरिकको सुरक्षा तथा विपद् व्यवस्थापनमा पु¥याउँदै आएको योगदानको चर्चा गर्नुभयो ।  उहाँले शान्ति सुरक्षा कायम गर्न र विपद्का समयमा नागरिकको उद्धार तथा राहतमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 


सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र पुर्व प्रहरी संगठन लमजुङका अध्यक्ष श्याम केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, कार्यालयका प्रमुख एवं प्रतिनिधि, सशस्त्र पुर्व प्रहरीहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।


स्थापना दिवसको अवसरमा कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा गुल्ममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान, सहयोगी ब्यक्तिहरुलाइ प्रसंशापत्र प्रदान, विभिन्न आन्तरिक प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार वितरण गरिएको थियो ।


गुल्मले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, कर्पुेश्वर मन्दिर परिसरमा सरसफाई, आन्तरिक गतिविधितर्फ ३२ सय मिटर दौड, हतियार खोल जोड प्रतियोगिता, हिजिरी जवाफ प्रतियोगिता, यशोव्रह माविमा सचेतनामूलक कक्षा सञ्चालन लगायतका कार्यक्रम आयेजना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले जानकारी दिनुभयो ।


कार्यक्रममा सांस्कृति प्रस्तुतीहरु समेत रहेको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरिक्षक नवराज मगरले गर्नुभएको थियो ।  लमजुङमा २०७५ साल कार्तिक १६ गते पहिलो पटक औपचारिक रुपमा सशस्त्र प्रहरी आश्रित गुल्मको स्थापना भएको थियो । तनहुँको भानुस्थित मनकामना गणको आश्रयमा बेसीशहरमा आश्रित गुल्म स्थापना भएको हो । गत वर्षमात्रै सो गुल्म अनाश्रित भएको हो ।


तत्कालिन समयमा भु संरक्षण कार्यालयको भवनमा आश्रय लिएको सशस्त्र प्रहरी हालसम्म पनि सोहि भवनमा रहदै आएको छ । सशस्त्र प्रहरीले आफ्नै भवन निर्माणको लागि शुरुदेखिनै पहल गर्दै आएपनि गुल्मका लागि अनुकुल जग्गा प्राप्त नहुँदा भवन निर्माणको काम पनि प्रभावित भएको छ । विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको सशस्त्र प्रहरीले समुदायस्तरमा समेत विभिन्न सामाजिक तथा जनहितका गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

खुदीमा ठूली एकादशी मेला, खेलकुद र सांस्कृतिक कार्यक्रमको तयारी

मर्स्याङदी समाचार, १६ कार्तिक लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठूली एकादशी मेलाको अवसरमा खेलकुद, सांस्कृतिक, धार्मिक तथा कृषि

SITENAME

मसिरको दोश्रो साता दोश्रो भोटेओडार कप फुटवल प्रतियोगिता हुने

मर्स्याङदी समाचार, १५ कार्तिक लमजुङको सुन्दरवजार नगरपालिका–९, भोटेओडारमा दोश्रो भोटेओडार कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । स्थानिय

SITENAME

जनताको घरदैलोमा पुग्दै नेकपा, लमजुङमा राष्ट्रिय जागरण अभियान सुरु

मर्स्याङदी समाचार, १५ कार्तिक लमजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टीले देशव्यापी रुपमा कात्तिक ७

↑