Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङमा राष्ट्रिय परिचयपत्र सेवा अब एकै ठाउँबाट

SITENAME

मर्स्याङदी समाचार, १७ कार्तिक 

जिल्ला प्रशासन कार्यालय लमजुङले राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकद्वार सेवा प्रणाली लागू गर्ने तयारी गरेको छ। यसका लागि कार्यालय परिसरमा नयाँ संरचना निर्माणको काम अघि बढाइएको छ।

 

हाल राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता, जैविक विवरण संकलन तथा परिचयपत्र वितरणको काम फरक–फरक कोठाबाट हुँदै आएको छ। विवरण दर्ता कोठा नं. १३, जैविक विवरण संकलन कोठा नं. १० र तयार भएको परिचयपत्र वितरण कोठा नं. १६ बाट हुँदै आएको थियो। यसले सेवाग्राहीलाई एउटै कामका लागि विभिन्न कोठामा पुग्नुपर्ने अवस्था सिर्जना गरेको थियो।

 

सेवाग्राहीको समय र श्रम बचत गर्दै सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले अब राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै प्रक्रिया एउटै स्थानबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएको हो।

 

जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने गरी नयाँ संरचना निर्माण भइरहेको छ। नयाँ व्यवस्था लागू भएपछि विवरण दर्तादेखि जैविक विवरण संकलन र परिचयपत्र वितरणसम्मका सेवा एउटै स्थानबाट प्राप्त गर्न सकिनेछ।

 

एकद्वार सेवा प्रणाली लागू भएपछि सेवाग्राहीले कार्यालयका विभिन्न कोठा खोज्दै हिँड्नुपर्ने झन्झट हट्ने, सेवा लिन लाग्ने समय घट्ने र कर्मचारीलाई समेत सेवा व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई यस व्यवस्थाले थप सुविधा पुग्ने विश्वास गरिएको छ।

 

नागरिकलाई सहज, सरल र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले अघि बढाएको यो पहलले सार्वजनिक सेवा प्रवाहलाई थप नागरिकमैत्री र प्रभावकारी बनाउने अपेक्षा लिएको छ।

 

प्रतिकृया दिनुहोस
SITENAME

सशस्त्र प्रहरी बल लमजुङले मनायो आठौँ स्थापना दिवस 

मर्स्याङदी समाचार, १६ कार्तिक सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङले आफ्नो आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सोमबार

SITENAME

खुदीमा ठूली एकादशी मेला, खेलकुद र सांस्कृतिक कार्यक्रमको तयारी

मर्स्याङदी समाचार, १६ कार्तिक लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठूली एकादशी मेलाको अवसरमा खेलकुद, सांस्कृतिक, धार्मिक तथा कृषि

SITENAME

मसिरको दोश्रो साता दोश्रो भोटेओडार कप फुटवल प्रतियोगिता हुने

मर्स्याङदी समाचार, १५ कार्तिक लमजुङको सुन्दरवजार नगरपालिका–९, भोटेओडारमा दोश्रो भोटेओडार कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । स्थानिय

↑